तनहुँ । तनहुँमा सत्तारुढ दलको गठबन्धनमा सहमति जुट्न नसकेपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी गरिएको छ ।
मनोनयन दर्ताको अन्तिम दिनसम्म पनि जिल्लामा गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच सहमति जुट्न सकेको छैन । भागबन्डमा सबै दलको आ-आफ्नै अडान छ । सुरुदेखिको अडान उस्तै छ ।
सोमबार बिहान बसेको गठबन्धन दलको बैठक विनानिष्कर्ष टुंगिएपछि एक्लाएक्लै उम्मेद्वारी दिने तयारी भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए । ‘बैठकमा सहमति जुट्न सकेन । सुरुमा जे अडाज थियो । अहिले पनि त्यही अडान छ । अब एक्ला एक्लै उम्मेद्वारी दर्ता गराउँछौँ’, उनले भने ।
गठबन्धनमा सहमति भइनसके पनि च्याप्टर क्लोज भने नभएको उनको भनाइ छ । उनले सहमतिका लागि अझै समय रहेको बताए । ‘मनोनयन दर्तापछि पनि सहमतिको प्रयास हुनेछ’, उनले भने ।
मनोनयनको अन्तिम दिनसम्म पनि दलहरूले उम्मेद्वार टुंगो लगाउन सकेका छैनन् । वडा सदस्यदेखि स्थानीय तहको प्रमुखको उम्मेद्वार टुंगो लगाउनलाई दलहरू यतिबेला व्यस्त छन् ।
आइतबार मनोनयन दर्ताको पहिलो दिन जिल्लामा निकै कमले उम्मेद्वारी दर्ता गराएका छन् । दोस्रो दिन आज पनि यतिबेलासम्म निर्वाचन अधिकृतको कार्यालयमा भीडभाड देखिँदैन । नेकपा एमालेले १२ बजेपछि जिल्लाभर एकसाथ मनोनय दर्ता गराउने जनाएको छ । यद्यपि, एमालले पनि अहिलेसम्म उम्मेद्वारको सुची सार्वजनिक गरेको भने छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend