Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल


    सोमबार, बैशाख १२ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • इलाम । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

    एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगाे लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ ।

    एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएकाे  छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार