काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जिल्लामै प्रतिनिधित्व शून्य हुनेगरी गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) अघि बढेको भन्ददै ललितपुरको सबै स्थानीय तहको सबै पदमा मनोनयन दर्ता गराउने तयारी गरेको छ ।
पार्टीको सहइन्चार्जसमेत रहेका केन्द्रीय सदस्य अमृत तिमल्सिनाले आज १० बजेसम्ममा उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताए । बेलुकी ५ बजेसम्ममा ललितपुर महानगरपालिकासहित अन्य नगरपालिका र गाउँपालिकामा मनोनयन दर्ता गर्ने जानकारी दिए ।
‘हाम्रो प्रतिनिधित्व नै शून्य हुनेगरी कांग्रेस–माओवादी अघि बढे’, उनले भने, ‘हामी पनि एक्लै निर्वाचनमा जाने तयारीमा छौं । सबै स्थानीय तहको सबै पदमा हाम्रो उम्मेदवारी रहन्छ ।’
ललितपुर महानगरपालिकाको प्रमुखमा हरिकृष्ण थापा र उपप्रमुखमा उषा बज्राचार्यलाई एकीकृत समाजवादीले आइतबार नै उम्मेदवार चयन गरिसकेको छ ।
तर, गठबन्धन दलको केन्द्रीय तहमा नेताहरूबीच समझदारी भएको अवस्थामा भने एक्लै अघि बढ्ने निर्णयबाट पछि हट्ने तिमल्सिनाले बताए ।
कांग्रेसका बाग्मती सभापति इन्द्र बानियाँ र माओवादी बाग्मती अध्यक्ष सरल सहयात्रीले आइतबार एकीकृत समाजवादीलाई अलग्याउँदै दुई दलबीच मात्र तालमेल हुनेगरी समझदारी गरेका थिए । त्यसपछि एकीकृत समाजवादी असन्तुष्ट बनेको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend