Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ दिईने


    शनिबार, बैशाख १० २०७९
    405
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा -हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरुको हौसला एवंंम  उत्प्रेरणाका लागि अवार्ड प्रदान गर्न लागिएको न्यु मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमले जानकारी दिए ।

    यसवर्ष उत्कृष्ट पत्रकार वर्ष अवार्ड (पुरुष तथा महिला) खोज पत्रकारिता अवार्ड, चलचित्र पत्रकारिता अवार्ड, रेडियो पत्रकारिता अवार्ड, सम्पादक वर्ष अवार्ड, खेलकुद पत्रकारिता वर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता अवार्ड, आर्थिक पत्रकारिता अवार्ड, उत्कृष्ट नवप्रवेशी पत्रकारिता अवार्ड (महिला र पुरुष), उत्कृष्ट अनलाइन पत्रकारिता अवार्ड, उत्कृष्ट क्रियाशील पत्रकार वर्ष अवार्ड प्रदान गरिने गौतमले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार