Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कस्तो छ आजको मौसम ? दिउँसो र राति यी क्षेत्रमा हुनेछ वर्षा


    बुधबार, बैशाख ७ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पश्चिमीसँगै स्थानीय वायुको प्रभाव रहेको छ।

    बिहान प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदलीको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली छ ।  प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भएको छ ।

    दिउँसो प्रदेश १, मधेश, बागमती र  गण्डकीका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार अपरान्ह पछाडि देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार