Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिन्दुर जात्राले राताम्य बन्यो मध्यपुर थिमि


    शुक्रबार, बैशाख २ २०७९
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको मध्यपुर थिमिको विस्का जात्राको छैटौं दिन शुक्रबार मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ । ३२ वटा खटसहितको सिन्दुर जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी हुँदै आएको जनाइएको छ ।

    देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली यो जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । 

    जात्रामा कायाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर नगर परिक्रममा गर्ने परम्परा छ ।

    सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ ।

    अविर जात्रामा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठसहित सयौं मध्यपुर थिमिबासीहरू रमाएका छन् । उनीहरू सवै अविरले राताम्य भएका छन् ।

    ल.jpgव.jpg276014920_1193044984856763_8915468485464852743_n-1-.jpg.jpg278232288_1835572856631673_5741490171207023491_n.jpg.jpg276021060_4830727446976027_3195588673453460751_n.jpg.jpg278235978_1026377894662266_5266001680456877219_n.jpg.jpg278285697_358027259691394_5078867691919916788_n.jpg.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार