Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थुतुनोभरि रौँ भएको मुसाले धान खायो, भ्यागुतोलाई कारवाही गर्‍योः अर्थमन्त्रीप्रति ओलीको कटाक्ष


    शनिबार, चैत्र २६ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गरेकोप्रति आपत्ति जनाएका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र सुधारको प्रयास गरिरहेका गभर्नरलाई कारबाही गरेकोमा आक्रोश व्यक्त गरेका हुन् ।

    उनले अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र ध्वस्त पारेको आरोपसमेत लगाए । उनले भने, ‘थुतुनाभरि रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतोलाई कारबाही गर्‍यो । धान खाने मुसो, चोट खाने भ्यागुतो भयो । त्यसमा पनि अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, ध्वस्त पार्‍यो । देश निर्लज्ज व्यक्तिहरूको हातमा परेको छ ।’ 

    ‘देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवक, अर्थविद्, राष्ट्र बैंकबाट डेप्युटी गभर्नर भएर अर्थतन्त्र बुझेका मान्छेलाई बलीको बोको बनाइयो । उनलाई निलम्बन गरियो । माओवादीले नियुक्त गरेका, माओवादी निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो’ ओलीले थपे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार