काठमाडौं । मन्त्रिपरिषदको बिहीबारको बैठकले नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) को जानकारी नै नभएका सुनिल पौडेललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ । पौडेल अमेरिकी पीआर लिएका गैरआवासीय नेपाली हुन् ।
पौडेललाई चौधरी ग्रुपको लगानीमा नियुक्ति गरिएकोले छ । चौधरी ग्रुपले सीजी टेलिकम संचालनमा ल्याउन लागेको छ । टेलिकमले रणनीतिक साझेदार भित्र्याउने र त्यस अन्तर्गत चौधरी ग्रुपका विभिन्न कम्पनीले ठूलो हिस्सा सेयर खरिद गर्नेगरी पौडेललाई ल्याइएकोले टेलिकमका कर्मचारीहरु रुष्ट भएका छन् ।
टेलिकम वर्कस युनियनका अध्यक्ष राजेन्द्र जोशीले भने–‘टेलिकममा एक से एक क्षमतावान र त्यस संस्थामा ३० बर्षसम्म सेवा गरेका उच्चपदस्थ अधिकारीहरु हुँदाहुँदै बाहिरबाट नियुक्ति गर्नु बेथितिको पराकाष्टा हो, यो नियुक्तिलाई स्वीकार गर्न सकिन्न ।’
टेलिकमभित्रै भएका उच्चपदस्थ अधिकारीहरु नै प्रबन्ध निर्देशक नियुक्ति हुँदैआएको र सस्था सबल रहेको अवस्थामा बाहिरबाट ल्याएर संस्था धरासायी पार्न खोजिएकोमा आक्रोस प्रकट गरे । उनले भने– बाहिरबाट नियुक्त गरिएको कुरालाई कसरी लिने भनेर हामी छलफल गर्दैछौं, छलफलपछि निर्णय गर्नेछौं ।
सुनिल पौडेललाई नियुक्ति गरिएपछि सरकारलाई सबैभन्दा बढी कर तिर्दैआएको र अहिलेसम्म सबल रहेको संस्था टेलिकम पनि धरासायी पार्ने र चौधरी ग्रुपलाई सुम्पिन खोजिएकोमा कर्मचारी युनियनहरु रुष्ट भएका छन् ।
चौधरी ग्रुपका हर्ताकर्ता विनोद चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य र मधेशी कोटामा सांसद समेत छन् । उनले ठूलो लगानी गरी पौडेललाई टेलिकमको एमडी नियुक्ति गराउनुमा टेलिकम कब्जा गर्ने नियत देखिएको दूरसंचार कम्पनीकै एक कर्मचारी युनियनका नेताले बताए ।
उनले भने– ‘नेपाली कांग्रेसको नीति संस्थानहरु सरकारले संचालन गर्नुहुँदैन भन्ने भएकाले सुनिल पौडेललाई नियुक्ति गरेर टेलिकममा रणनीतिक साझेदार भित्र्याउने नाममा चौधरी ग्रुपलाई सुम्पिन खोजेको हो, पौडेलको नियुक्तिमा सीजीकै हात छ ।