Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नवनियुक्त कानुनमन्त्री बन्दीले लिए शपथ


    बिहिबार, चैत्र २४ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीलाई  शपथ गराएकी हुन् । बन्दीको सपथ ग्रहणमा  प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित थिए।

    प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद बन्दी आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनाएका थिए ।

    यसैबीच हाल कानुन मन्त्री रहेका दिलेन्द्र प्रसाद बडूलाई देउवाले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार