काठमाडौं , ४ चैत। वैदेशिक रोजगारीका लागि पोर्चुगलमा पुगेका एक नेपालीमा कोरोनाको संक्रमण फेला पारिएको छ । पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने नेपालीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भेटिएको हो ।
संक्रमित व्यक्तिको नाम पोर्चुगलको सरकारले गोप्य रुपमा राखिएको छ । नगरपालिकाका मेयर रोगेरियो बाकल्हउले सुरुमा नेपालीमा देखिएको संक्रमण त्यहाँका अन्य मानिसमा पनि फैलिएको जनाएका छन् ।
हालसम्म अस्ट्रेलियामा रहेका १ र यूएईमा रहेका २ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले यी तीनै जनाको उपचार भइरहेको छ ।