Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    बिहिबार, चैत्र १७ २०७८
    445
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ३१ पैसा र बिक्री दर १६० रुपैयाँ १० पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ८३ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ दुई पैसा र बिक्री दर ९१ रुपैयाँ ४७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ५४ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली नाै रुपैयाँ ९४ पैसा र बिक्री दर नाै रुपैयाँ ९९ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ सात पैसा  र बिक्री दर १९ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १६ पैसा र बिक्री दर ३३ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ एक पैसा र बिक्री दर १० रुपैयाँ छ पैसा कायम भएको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार