Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सडक बोर्डमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


    बिहिबार, चैत्र १७ २०७८
    675
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले सडक बोर्ड नेपालमा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।

    बोर्डमा चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।

    बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गरी हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नाकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको हो ।

    उम्मेदवारले कार्यकारी निर्देशकको हैसितबाट पुर्‍याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार