Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालधाराबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ


    बुधबार, चैत्र १६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिका–१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    काभ्रे तिमाल गाउँपालिका–४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार