Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् नेपालका लागि नयाँ अमेरिकी राजदूत 


    बुधबार, चैत्र १६ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  संयुक्त राज्य अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेपछि अमेरिकाले नेपालका लागि नयाँ राजदूतको मनोनयन गर्ने घोषणा गरेको हो। 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ। 

    यही क्रममा सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थम्पसनले करिब चार वर्ष भारतमा रहेर काम गरेका थिए। 

    अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। दक्षिण एसियामा भारतसहित, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा पनि उनले काम गरेका थिए। 

    अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुखरुपमा पनि उनले काम गरेका थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरेका थिए। 

    सुरक्षा मामिलामा विज्ञ थम्पसन विदेश सेवामा आउनुअघि रक्षा मन्त्रालयमा कार्यरत थिए। राजदूत थम्पसनले अमेरिकाको नेसनल वार कलेजबाट नेसनल सेक्युरिटी स्टडिजमा स्नातकोत्तर गरेका छन्।

    त्यसैगरी अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयको पब्लिक अफेयर्स स्कूलबाट पब्लिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार