Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीलंका पुगेर परराष्ट्रमन्त्री खड्काकाे सम्बाेधन- बिमस्टेकलाई जीवन्तराख्न नयाँ संकल्प र सामूहिक प्रतिबद्धता आवश्यक छ


    मंगलबार, चैत्र १५ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्काले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)लाई जीवन्त राख्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । 

    श्रीलंकाको कोलम्बोमा मंगलबार बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले बिमस्टेकमा केही ठोस कार्य गर्ने बेला आएको समेत जनाए । 

    ‘बिमस्टेकलाई जीवन्त राख्न नयाँ संकल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यहरुको आवश्यक छ,’ परराष्ट्रमन्त्री डा खड्काले सम्बोधनका क्रममा भने । 

    उनले सामान्य दृष्टिकोणबाट टाढा रहनु पर्ने जनाउँदै वर्तमान चुनौतिहरु अनुरुप नवीन मार्गहरु निर्माण गर्दै अघि बढ्नुपर्ने बताएका थिए । 

    परराष्ट्रमन्त्री डा खड्का बिमस्टेकको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार श्रीलंकाको राजधानी कोलम्बो पुगेका हु्न् । कोलम्बोमा मंगलबार विहान परराष्ट्रमन्त्री डा खड्का र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार