Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. हेमराज शर्मा एनआरएनए उपाध्यक्षमा निर्वाचित


    सोमबार, चैत्र १४ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा  डा हेमराज शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् । 

    यसअघि महासचिवको पद समालेका उनलाई आइतबार सम्पन्न संघको १० औं महाधिवेशनले उपाध्यक्ष पदमा निर्वाचित गरेको हो । 

     डा शर्मा बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन् । सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आईसीसी सदस्यमा मनोनीत भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार