Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यी हुन् काेराेना परीक्षण अनुमति पाएका निजी प्रयाेगशाला, शुल्क ५५०० लाग्‍ने


    सोमबार, असार २९ २०७७
    4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैं । स्वेच्छापूर्वक काेराेना परीक्षण गर्न चाहनेकाे लागि सरकारले व्यवस्था गरेकाे छ । आफ्नै खर्चमा काेराेना परीक्षण गर्नका लागि सरकारले ६ वटा निजी प्रयोगशालालाई पाेलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्न अनुमति दिएको हाे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ निजी प्रयोगशालालाई परीक्षण अनुमति दिएको जनाएकाे छ । 

     प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार अनुमति पाउनेमा काठमाडाैंका स्टार अस्पताल, काठमाडाैं मेडिकल कलेज, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी र सूर्या हेल्थ केयर सेन्टर छन् । यस्तै काठमाडाैं बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएकाे हाे । 

    प्रयोगशालाले पीसीआर परीक्षणको दायरा बढाउनकाे लागि गएकाे जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । त्याे प्रस्तावमा १९ वटा प्रयोगशालाले आफूले पीसीआरको परीक्षण गर्न प्रस्ताव दर्ता गराएका थिए । ‘हामीले प्रस्ताव दर्ता गराएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा ६ वटा प्रयोगशालालाई परीक्षण गर्न दिएका छौँ’, उनले भने, ‘अन्य प्रयोशालाकाे मापदण्ड पुगेपछि अनुगमन गरेर परीक्षणकाे लागि अनुमति दिन्छौँ ।’ 

    ती १९ मध्ये नौ वटा प्रयोगशालाको भने आफ्नै पीसीआर परीक्षण गर्ने मेशिन रहेको थियो । ती ६ प्रयोगशालाले आफैँ नमूना सङ्कलन गर्ने नभइ मन्त्रालयले उपलब्ध गराएको नमूना परीक्षण गर्नेछन् । यसरी परीक्षण गरेबापत ती प्रयोशगालाले एक वटा नमूना परीक्षणको ५ हजार ५ सय शुल्क लिन पाउनेछन् ।

    यसअघि सरकारले सातै प्रदेशका सरकारी एक/एक प्रयोगशालामा ५ हजार ५ सय शुल्कमा पीसीआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । ती प्रयोगशालामा प्रदेश नं १ मा कोशी अस्पताल, प्रदेश नं २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशाला रहेका छन् ।

    ती प्रयोगशालामामा निर्देशिकाभन्दा बाहेकका व्यक्तिले पनि आफूलाई इच्छ्याएका बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाउने छन् । (रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार