Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मास्क कालोबजारी गर्ने कार्यमा संलग्न ५ जना पक्राउ


    सोमबार, चैत्र ३ २०७६
    640
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, ३ चैत ।
       
       मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई १० लाख ८ हजार थान मास्क र बा  ७ च ७२६३ नम्बरको गाडी सहित प्रहरीले पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा ओखलढुङ्गा, खिजादेबी गाउँपालिका १ घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई उपमहानगरपालिका(२ घर भई हाल काठमाडौं कपन बस्ने ३४ वर्षीय संजय रेग्मी, चितवन टाँडी नगरपालिका(१ घर भई काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मिया, आरडिजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक काठमाडौं महानगरपालिका(२३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौं बागबजार बस्ने ३७ वर्षीय सुबास महेश्वरी रहेका छन् ।

    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न आमनागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधीजन्य सामानहरुको कृतिम अभाव खडा गरी कालोबजारी हुन सक्ने अवस्थालाई मध्यनजर गरी सूचना लिने तथा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा प्राप्त विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलन चोकबाट उनीहरुलाई आइतबार १ लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन सहित पक्राउ गरेको थियो ।
    अनुसन्धानको क्रममा उनीहरुले काठमाडौं चन्द्रागिरी नगरपालिका(१० विष्णुदेवीस्थित घर भाडामा लिई आरडिजी इन्टरनेशनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतबार सिल गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायको प्रतिनिधिको उपस्थितिमा सोमबार बिहान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा थप ८ लाख ४० हजार थान मास्क बरामद भएको हो । उनीहरुले ३ रुपैयाँ २५ पैसा पर्ने उक्त मास्कलाई ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ ।

        उनीहरुलाई कालो बजारी तथा सामाजिक हित बिरुद्धको अपराध ऐन, २०३२ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार