Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • एमाले केन्द्रीय कमिटि बैठकः ११ अजेण्डा प्रवेश, ९ वटामा भोली छलफल हुने


    बुधबार, चैत्र ९ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको आजबाट सुरु भएको दुई दिने केन्द्रीय कमिटि बैठकमा ११ अजेण्डामाथि छलफल अघि बढाइएको छ । 

    बैठकमा भोली ९ वटा अजेण्डामा छलफल हुने एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

    ‘आजको बैठकमा ११ वटा अजेण्डा पेश भएको छ । ९ वटा अजेण्डामा भोली बस्ने बैठकमा छलफल हुन्छ,’ गुरुङले भने । 

    बैठकका अजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेश गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेश गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायतका रहेका थिए । 

    बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार