Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ डीएसपीको काजसरुवा, रसुवा ताकेका भारती म्याग्दीमा


    बुधबार, चैत्र ९ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले २५ प्रहरी नायब उपरीक्षक(डीएसपी)को काजसरुवा गरेको छ । स्थानीय निर्वाचनको सम्मुखमा डीएसपीहरु परिवर्तन गरिएको छ । 

    काजसरुवामा जिल्ला इन्चार्ज पाउने डीएसपीहरुमा प्रतिक विष्ट दार्चुला, कृष्णराज ओझा हुम्ला, कैलाश राई ताप्लेजुङ, तिलक भारती म्याग्दी, प्रकाश डाँगी पूर्वीरुकुम, प्रेमसागर केसी मनाङ, विष्णुप्रसाद सोती पश्चिम रुकुम, सन्तोष निरौला जाजरकोट, सुकदेव खनाल ओखलढुंगा र सुनिलजंग शाह सोलुखुम्बु छन् । 

    तिलक भारती नेपाल प्रहरीमा पटक पटक इन्चार्ज पाउने भाग्यमानी हुन् । उनले रसुवाको डीएसपी हुनका लागि भएभरको शक्ति प्रयोग गरेका थिए । रसुवा जान नपाएका उनी चीनसँग सीमा जोडिएकै अर्को जिल्ला म्याग्दीमा जान सफल भएका छन् । भारती नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराका आफन्त हुन् । 

    को को भए सरुवा ?

    1.jpg
    2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार