तेह्रथुम । केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन् ।
घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन् । ‘स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको सरकारले गरेको भष्ट्रचार,योजना अनियमितता कर्मचारी सरुवा बढुवामा भएको बेथिति गर्दै आएको छ । ओली सरकार हुँदा जनतालाई झुक्याएको नेकपा सरकारले गरेको गलत कामहरुलाई जनताको घर घरमा पुर्याउनु पर्छ ’उनले भनिन् ।
निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तेह्रथुमले आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ । तेह्रथुम जिल्लाको ५ वटा स्थानीय तह गत निर्वाचनमा वाम गठबन्धनले जितेपछि सुशासनमा जित्न नसकेको नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी सुब्बाले बताए । नेकपाले जितेका पालिकाहरुमा चरम भष्ट्रचार भएको र चुनावमुखी कार्यक्रमहरु ल्याउँदै जनताको आँखामा छारो हाल्दै आएको सुब्बाले बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापती अर्जुन तुम्बाहाम्फे, पूर्व जिल्ला सभापति गोबिन्द ढुङगाना, महासमिति सदस्य टेकराज तिगेला, छथर सभापति रामचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend