Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • थाहा पाउनुहाेस्आजकाे माैसम


    मंगलबार, चैत्र ८ २०७८
    530
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।  ।

    दिउँसो प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

    राति पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    बुधबार प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार