Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ४५ लाख जनसंख्या भएको सहरमा तीन दिन लकडाउन


    मंगलबार, चैत्र ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बेइजिङ  ।  चीनले देशको उत्तरपूर्वमा लाखौँ मानिसहरुलाई घरमै बस्न आदेश दिएको छ । कोभिड–१९ का घटनामा फेरि बृद्धिसँगै सरकारले सर्वसाधारणलाई यस्तो आदेश दिएको हो ।

    लक्षित क्षेत्रमा तालाबन्दी, सामूहिक परीक्षण र यात्रा प्रतिबन्ध जस्ता तरिका अप्नाएर सन् २०२० को सुरुमा चीन सरकारले कोभिडलाई नियन्त्रणमा राख्न सफल भएको थियो  तर, पछिल्लो समयमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रेनका कारण संक्रमण फैलिएको छ ।

    जिलिन प्रान्तको दोस्रो ठूलो सहर जिलिनमा सोमबार रातिदेखि तीन दिन लकडाउन घोषणा गरिएको छ । जिलिनमा ४५ लाख मानिस बसोबास गर्छन् ।

    पछिल्लो २४ घन्टामा चीनमा  ४ हजार भन्दाबढी कोभिडका नयाँ संक्रमित भेटिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार