Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इन्डाे-नेपाल क्रिकेट: अन्तिम खेल आइतबार, उपाधिका लागि लुम्बिनी र उस्का भिड्ने


    शुक्रबार, चैत्र ४ २०७८
    455
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । लुम्बिनीमा जारी इन्डाे-नेपाल क्रिकेट टुर्नामेन्ट पिएलपिएल सिजन ४ को फाइनल खेल आइतबार हुने भएको छ । शनिबारका लागि तय भएको फाइनल प्रतियोगितामा भारतको टिम होलीका कारण आउन नसकेकाले शनिबार स्थागित गरी आइतबारका लागि सारिएको हो । 

    २१ फागुनदेखि सुरु भएको प्रतियाेगिताकाे अन्तिम खेलमा नेपाल र भारतको टिमबीच प्रतिस्पर्धा हुँदैछ । भारतमा शनिबार होली पर्व मनाइने भएकाले खेलाडीहरू वर्षदिनको पर्व मनाउनबाट वञ्चित नहोउन् भनेर आयोजक लुम्बिनी नव युवा क्लबको बैठकले प्रतियोगिता आइतबार ११ बजेबाट सुरु गर्ने निर्णय गरेको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए । 

    खेलाडीहरूको अनुरोध र पर्वको सम्मान गर्दै सिजन ४ को अन्तिम खेलसहितको समापन समारोह पडारिया क्रिकेट ग्राउन्ड लुम्बिनीमा हुनेछ । सिजन ४ को उपाधिका लागि आयोजक लुम्बिनी नव युवा क्लब नेपाल र एमएफसी उस्का बजार भारत भिड्दै छन् । यस क्षेत्रको सार्वधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक हुने प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए । 

    सेमिफाइनल खेलमा आयोजक लुम्बिनी नव युवा क्लबले ग्रान्ड कस्मोलाई र उस्काले सुपर स्टार विजयनगरलाई हराएपछि फाइनलको यात्रा निश्चित गरेको हो । तीन वर्षदेखि नियमित हुँदै आएको प्रतियोगितामा याे वर्ष नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमको सहभागिता थियो ।

    प्रतियोगिताको विजेताले एक लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।  यस्तै, म्यान अफ द सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलरलाईसमेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार