Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युनेस्कोकाे टाेली जुम्लामा


    बुधबार, चैत्र २ २०७८
    935
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला । जीवन रुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागि युनेस्कोको टोली जुम्ला पुगेको छ । सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्रम वोकेर युनेस्कोको टोली जुम्ला पुगेको हो । 

    जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखासँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संस्थासँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कारसहितको जीवन रुपान्तरण  गर्ने  शिक्षाकाबारेमा प्रशिक्षण दिइएको नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव गोविन्द अर्यालले बताए ।

    उनका अनुसार अधिकृत पदमराज जोशीसहितको टोलीले जिल्लामा सरोकारवाला निकायसँग यहाँका अनुभव तथा सभ्यता संस्कृति संरक्षणलगायतका विषयमा छलफल गरेको छ ।

    चन्दननाथ नमुना माध्यामिक विद्यालयमा एक दिने रुपान्तरणतका निम्ति  सिक्नका लागि सिकौँ नागरिक सहभागिता कार्यक्रममार्फत  युनेस्कोले सरकारले शिक्षा क्षेत्रमा गरेका काम र बनेका नीतिकाबारेमा छलफल गरेकाे छ । 

    निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयका सचिव गोविन्द अर्यालले समाजमा सकारात्मक रुपमान्तरणका विषयमा जिल्लाको वस्तुस्थितिको विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए  ।

    उनले समाजमा भएका विकृति कम गर्दै हाम्रो सस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक भएकाले सिञ्जा सभ्यता, खस सभ्यताको विषयमा जानकारी लिनेसमेत बताए । 

    शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत आयोगको सचिवालय रहेको बताउँदै उनले काम गर्ने क्रममा विभिन्न चुनौती र समस्या  रहेको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार