Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैंकिङ कसूर मुद्दाका फरार महिला प्रहरीकाे फन्दामा


    सोमबार, फाल्गुन ३० २०७८
    610
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दामा फरार महिलालाई  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर महानगरपालिका-६ घर भई सोही महानगरपालिकाको वडा नम्बर ११ मा बस्दै आएकी राधा माताङ्गी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

    माताङ्गीलेले सूर्यविनायकस्थित सानिमा बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको आराेपमा उच्च अदालत पाटनले उनलाई गत पुस २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय गर्ने फैसला गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार