काठमाडौं । सिन्धुपाल्चोक, बारा र सर्लाहीको अधिवेशनले आइतबार नयाँ नेतृत्व चयन गरेसँगै नेपाली कांग्रेसको जिल्ला अधिवेशन सकिएको छ ।
आन्तरिक विवाद र मौसमको प्रतिकूलतका कारण राेकिएकाे जिल्लाहरूको अधिवेशन भएसँगै कांग्रेसको जिल्ला अधिवेशन सकिएको हाे ।
७७ वटै जिल्लामा अधिवेशन सकिंदा सभापति शेरबहादुर देउवा पक्ष सभापतिमा बलियो देखिएको छ ।
नेताहरुको दाबी अनुसार देउवा पक्षले ४२ र डा. शेखर कोइराला पक्षले ३३ जिल्लामा सभापति जितेको छ । पार्टीमा तेस्रो समूहको रुपमा परिचित नेता कृष्णप्रसाद सिटौला पक्षका दुई जनाले जिल्ला सभापतिमा जीत निकालेका छन् ।
महोत्तरीमा विजयी नागेश्वर यादव, स्याङ्जामा विजयी राजु थापा, रूकुमपूर्वमा विजयी केशरमान रोकालाई सभापति देउवा र शेखर पक्षले आ-आफ्नो निकट भएको दाबी गरेका छन् ।
देउवा पक्षबाट विजयी जिल्ला सभापतिहरु
१. पाँचथर- रूपनारायण जवेगु
२. ताप्लेजुङ- गजेन्द्रप्रसाद तुम्याहाङ
३. ओखलढुंगा- तेजेन्द्र खनाल
४. लमजुङ- टकराज गुरूङ
५. सल्यान- केशवबहादुर विष्ट
६. डोल्पा- दीपेन्द्रबहादुर शाही
७. डडेल्धुरा- भीमबहादुर साउद
८. म्याग्दी- खमबहादुर गर्बुजा
९. मुगु- ऐनबहादुर शाही
१०. मनाङ- शंकर गुरूङ देउवा
११. हुम्ला- मोहनविक्रम सिंह
१२. बझाङ- खड्क बोहरा
१३. रामेछाप- पूर्णबहादुर -कान्छाराम) तामाङ
१४. जुम्ला- कर्णबहादुर शाही
१५. जाजरकोट- बेदराज सिंह
१६. डोटी- नरेन्द्रबहादुर सिंह
१७. रूकुम- प्रेमप्रकाश वली
१८. पर्वत- युवराज जोशी
१९. इलाम- डम्बरबहादुर खड्का
२०. सुर्खेत- खड्ग पोखरेल
२१. रूपन्देही- रामकृष्ण खाण
२२. कास्की- किशोरदत्त बराल
२३. काभ्रे- तीर्थ लामा
२४. तनहुँ- जितप्रकाश आले
२५. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ
२६. कञ्चनपुर- पदम बोगटी
२७. उदयपुर- हिमाल कार्की
२८. भक्तपुर- दुर्लभ थापा
२९. बर्दिया- अरूणप्रकाश सिंह राठौर
३०. सोलुखुम्बु- नाम्गेल जाङ्बु शेर्पा
३१. रसुवा- पेम्वाछिरिङ तामाङ
३२. धनकुटा- दिनेश राई
३३. कैलाली- नारायणदत्त भट्ट
३४. मकवानपुर- बुद्ध लामा
३५. पर्सा- जनार्दनसिंह क्षेत्री
३६. सर्लाही- सुरेन्द्रप्रसाद सिंह
३७. रौतहट- सुनिलकुमार यादव
३८. अछाम- पुष्पबहादुर शाह
३९. बारा- राजेश राय यादव
४०.सिरहा- रामचन्द्र यादव
४१. धनुषा- योगेन्द्र पजियार
४२. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ
शेखर पक्षबाट विजयी जिल्ला सभापतिहरु
१. तेह्रथुम-अर्जुन तुम्बाहाम्फे
२. खोटाङ- विष्णुकुमार राई
३. रोल्पा- किशोर आचार्य
४. भोजपुर- विनोद वान्तवा
५. प्युठान- विष्णुकुमार गिरी
६. अर्घाखाँची- केशव श्रेष्ठ
७. काठमाडौं- कृष्णसबुज बानियाँ
८. बैतडी- चतुरबहादुर चन्द
९. दोलखा- बर्मा लामा
१०. गोरखा- नन्दप्रसाद न्यौपाने
११. कालिकोट- अम्बबहादुर शाही
१२. संखुवासभा- दीपक खड्का
१३. रूकुमपूर्व- केशरमान रोका
१४. मुस्ताङ- रोमीगौचन थकाली
१५. बाजुरा- रामसिंह रावल
१६. नुवाकोट- रमेश महत
१७. नवलपरासी पश्चिम- अर्जुनकुमार पोखरेल
१८. पाल्पा- हिमालदत्त श्रेष्ठ
१९. स्याङ्जा- राजु थापा
२०. दार्चुला- ललितसिंह बोहरा
२१. दाङ- शंकरप्रसाद डाँगी
२२. दैलेख- मणिराम रेग्मी
२३. गुल्मी- खिलध्वज पन्थी
२४. धादिङ- रामनाथ अधिकारी
२५. सुनसरी- केदार भण्डारी
२६. कपिलवस्तु- अब्दुल कलाम खाँ
२७. चितवन- राजेश्वर खनाल
२८. महोत्तरी- नागेश्वर यादव
२९. सिन्धुली- उपेन्द्र पोखरेल
३०. सप्तरी- रामदेव साह
३१. मोरङ- डिगबहादुर लिम्बू
३२. बाँके – नारायण गौडेल
३३. नवलपुर- महेन्द्रध्वज जिसी
सिटौला पक्ष
१. झापा- देउमान थेबे
२. बागलुङ- जित शेरचन
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend