Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै


    आइतबार, फाल्गुन २९ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला।जुम्लाका खेलाडी  दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् ।  भारतको  नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन्  ।

    २७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री  च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा  काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ ।

    जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले बताए ।

     एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाडौं हुँदै भारतको नागल्याण्डमा  जाँदै छन् । सहसचिव सुनारका अनुसार  बन्धना बुढा सिनियर र अन्य तीन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् । उनले भने , ‘खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ ।’   बिदाइ कार्यक्रममा  नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले  संयुक्त दोसल्ला र अविरले विदाई गरेका  छन्  । 

    महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडीहरु जन्माउनुका साथै खेलाडीहरुले नेपालको शिर उचो हुने गरि प्रदर्शन गर्न शुभकामना दिए ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार