Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    शुक्रबार, फाल्गुन २७ २०७८
    330
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८० पैसा बिक्री दर १२२ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३९ पैसा र बिक्री दर १३५ रुपैयाँ छ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ३३ पैसा र बिक्री दर १६१ रुपैयाँ १२ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ २९ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८९  रुपैयाँ ३८ पैसा र बिक्री दर ८९ रुपैयाँ  ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४५ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ २६ पैसा र बिक्री दर १९ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया ४७ पैसा र बिक्री दर ३२ रुपैयाँ ६३ पैसा  छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २५ पैसा र बिक्री दर ३३ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ आठ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  ९ रुपैयाँ ९३ पैसा  र बिक्री दर ९ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार