Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर जोर-बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी


    बिहिबार, फाल्गुन २६ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पुन: देशभर सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

    स्रोतका अनुसार पछिल्लो समय देशको अर्थतन्त्र जटिलतातर्फ अघि बढेको भन्दै पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको हाे ।

    बढ्दो मूल्यकै कारण पेट्रोलियममा दैनिक सवा अर्ब रुपैयाँ बाहिरिन थालेपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन इन्धनमा कोटा तोक्ने र सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने तयारी गरेको स्राेतकाे भनाइ छ । साथै सरकारले भारतीय सवारीलाई पेटोलियम पदार्थ भर्न नदिने समेत तयारी गरेको छ।

    यसअघि बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकले इन्धनको बढ्दो मूल्यका कारण देशको अर्थतन्त्र जटिलता तर्फ अघि बढेको भन्दै सरकारलाई पेट्रोलियम पदार्थको खपत घटाउन निर्देशन दिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार