Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश


    बिहिबार, फाल्गुन २६ २०७८
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् । 

    ‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन् ।

    फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।

    ‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासको फ्यान छन् । उनको पछिल्लो रिलिज ‘साहो’को इनिसियल कलेक्सनले पनि यसलाई प्रस्ट्याइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार