काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सीसीटीभी जडान समितिलाई नगद रु १ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उउपस्थितिमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सीसीटीभी।जडान समितिका कोषाध्यक्ष नवीन प्रजापतीलाइ हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाँणको पनि उपस्थिति थियो । सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमा नाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सीसीटीभी क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई फर्निचर प्रदान गर्नुहुँदै प्रजिअ पाण्डे
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुईवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाइ समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।