Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चन्दननाथकी उपमेयर न्यौपानेद्वारा जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान


    सोमबार, फाल्गुन २३ २०७८
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । जिल्लाको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महतले) जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् । ‘जनतासँग नगर उपप्रमुख’ कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएकाे हाे । 

    शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

    उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी  छन् । 

    जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार