काठमाडौं। फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ ।
घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो ।
लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो ।
जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।