Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीका चार भट्टी पसलमा प्रहरी छापा, मदिरा नष्ट


    शुक्रबार, फाल्गुन २० २०७८
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • महोत्तरी। प्रहरीले बिहीबार राति महाेत्तरीका चार भट्टी पसलमा छापा हानेर घरेलु मदिरा जफत गरी नष्ट गरेकाे छ ।

    भट्टी पसलमा अवैध रुपमा मदिरा उत्पादन भइरहेकाे सूचनाका आधारमा बल्वा नगरपालिकास्थित प्रहरी टोलीले झण्डै ६५० लिटर कच्चा पदार्थ र एक सय लिटर मदिरा नष्ट गरेको हो ।

    विनोद साह, अरुण चौधरी, श्याम महतो र दिलीप साहले सञ्चालन गरेको भट्टी पसलबाट मदिरा र कच्चा पदार्थ जफत गरेर नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

    चारै जना भट्टी पसल संचालकलाई अ्बदेखि मदिरा उत्पादन नगर्ने सर्तमा स्थानीय जनप्रतिनिधि र स्थानीयकाे रोहबरमा छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार