Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • एमसीसी अनुमोदन गर्न सघाएको भन्दै एमाले र सभामुखलाई सरकारकाे धन्यवाद


    बुधबार, फाल्गुन १८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनबाट पारित गर्न सहयोग गरेको भन्दै सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सभामुख अग्निप्रसाद सापकोटालाई धन्यवाद दिएको छ ।

    बुधबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रमुख प्रतिपक्षी दल र सभामुखलाई धन्यवाद दिएका हुन् ।

    ‘एमसीसी अनुमोदनका लागि सहज वातावरण बनाउन सहयोग गर्नुहुने गठबन्धनमा आवद्ध दलहरु, प्रमुख प्रतिपक्ष दल, सभामुख तथा सांसदहरु सबैलाई नेपालसरकारको तर्फबाट हार्दीक धन्यवाद । प्राप्त सहयोग र सद्भावप्रति सम्पूर्ण नागरिक समाजलाई हार्दिक धन्यवाद।’ सरकारको निर्णय सुनाउँदै मन्त्री कार्कीले भने।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार