Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपति पुनको विश्वास


    मंगलबार, फाल्गुन १७ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन्। 
     
    हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उहाँले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका हुन्। 
     
    यसैगरी उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

    आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ । टुँडिखेलमा तोप बढाइसहित विविध सांस्कृतिक कार्यक्रम गरी मनाइदै छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार