Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीमा रोकिएको अधिकृत तहको बढुवाको तगारो खोल्ने तयारी


    मंगलबार, फाल्गुन १७ २०७८
    925
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको अधिकृत तहको बढुवा प्रक्रिया खुल्ने भएको छ। संगठनभित्र अधिकृत तहमा दरबन्दी थपिएपछि १७ वर्षदेखि बढुवा कुरेर बसेका प्रहरी अधिकृत प्रहरी निरीक्षक (इन्स्पेक्टर), डिएसपीको बढुवाको तगारो खुल्ने भएको हो।

    सशस्त्रमा डिआइजीका दुई, एसएसपीका दुई, एसपीका २२, डिएसपीका ५४, इन्स्पेक्टरका १० र सइका २२ पद थपिएसँगै बढुवामा रोकिएको जाम खुलेको हो। गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र डिआइजी राजु अर्याल सदस्य रहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति (ओएण्डएम) को सिफारिसअनुसार दरबन्दी मिलान गरी माथिल्लो तहमा दरबन्दी थप गरिएको हो।

    सशस्त्र प्रहरीका तल्लो तहका एक सय ७४ पद कटौती गरी अधिकृत तहका एक सय १२ दरबन्दी थपिएपछि अधिकृत तहमा देखिएको निराशालाई कम हुने विश्वास सशस्त्र प्रहरीले गरेको छ।

    सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेसँगै बढुवा लागि रोष्टरमा रहेका प्रहरी निरीक्षकहरूलाई डिएसपीमा बढुवाका लागि बाटो खुलेको छ। सिसं ६ र ७ का प्रहरी निरीक्षकहरू डिएसपी बन्ने बाटो खुलेको छ । नागरिक दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार