Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप


    सोमबार, फाल्गुन १६ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । 

    आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ,’ उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारी निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार