Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिन्छ : कानुन मन्त्री कार्की


    सोमबार, फाल्गुन १६ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • संखुवासभा । नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने प्रदेश नम्बर-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । 

    संखुवासभाको धर्मदेवी नगरपालिका-७ स्थित आँखिभूइमा नवनिर्मित इलाका प्रहरी कार्यालय भवन उद्घाटन कार्यक्रममा कानुन मन्त्री कार्कीले प्रहरीलाई सुख दु:खमा सधैँ साथ दिने बताए । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहयोग गरिरहेको उनको भनाइ छ ।

    संघीय सरकारले अधिकार नदिए पनि प्रदेश सरकारले प्रहरीका लागि छाना र नाना दिइरहेको मन्त्री कार्कीले बताए । नयाँ भौतिक संरचना तयार भएसँगै अब शान्ति सुरक्षा दिलाउन प्रहरीलाई सहज हुने र यसमा नागरिकको सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने कानुन मन्त्री कार्कीले बताए ।   

    शान्ति प्रहरी कहाँ खोज्ने हैन प्रहरीलाई समेत शान्ति दिन वातावरण मिलाउन स्थानीय सँग मन्त्री कार्कीले अनुरोध गरे । बाढी, पहिरो, आगलागी जस्ता विपतमा खटिने प्रहरी नै पानी चुहिने भवनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकारले अव सुविधा सम्पन्न भवन बनाइदिनेसमेत उनले बताए ।

    अपराध नियन्त्रण गर्न प्रहरीको सक्रियताले मात्र नपुग्ने र आम नागरिक पनि सक्रिय हुनुपर्ने कार्कीले बताए । 

    इलाका प्रहरी कार्यालय भवन प्रदेश सरकारको दुई करोड ९४ लाख ९४ हजार ६९९ रुपैयाँको लागतमा निर्माण भएको हो । भवनको निर्माणको जिम्मा मार्गदेवी एस एस विनायक जेबी निर्माण कम्पनीले पाएको थियो । 

    गत २०७६ माघमा सम्झौता भएको इलाका प्रहरी कार्यालय भवन समयावधि भन्दा तीन महिना अघिनै सम्पन्न गरेर हस्तान्तरण गरिएको एस एस विनायक जेबी निर्माण कम्पनीका निर्देशक लाखबहादुर पौडेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार