Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काराबाओ कपको उपाधि लिभरपुललाई


    सोमबार, फाल्गुन १६ २०७८
    465
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिरप्रतिद्वन्दी चेल्सीलाई पराजित गत्दै लिभरपुलले काराबाओ कप फुटबलको उपाधि जितेको छ ।

    आइतबार राति  वेम्बली मैदानमा   भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११-१० गोल अन्तरले हराउँदै लिभरपुल नवौं पटक च्याम्पियन भएको हो ।  

    निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा कुनै गोल ननिस्किएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो ।

    पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे ।

    चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे ।तर, चेल्सीका गोलकिपर केपा एरिजाबालगा पेनाल्टीमा गोल गर्न चुके ।

    लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार