Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युक्रेन संकट : तीन दिनमा करिब २ लाखले देश छाडे


    आइतबार, फाल्गुन १५ २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । 

    स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । 

    ४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् । जबकी डेढ लाख भन्दा धेरै मानिस पोल्याण्डमा शरणका लागि पुगेका छन् । 

    युक्रेनको सीमा अन्य चार देश हंगरी, मोलडोवा, बेलारूस र रूससँग जोडिएको छ। हंगरी र मोलडोवामा पनि हजारौं मानिसले शरण लिएको बीबीसीले जनाएको छ ।  एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार