Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन: दुर्गा पौडेल


    आइतबार, फाल्गुन १५ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् । 

    प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहितविपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् । 

    एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार