Nepal Face
  • आइतबार, १० साउन २०८३
  • व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति


    आइतबार, फाल्गुन १५ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् । 

    पार्टीको निर्णयपछि न्युज कारखानासँग कुरा गर्दै  एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताए । 

    एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ । 

    सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे । 

    व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार