धनगढी । नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशनअन्तरगत नयाँ नेतृत्वका लागि तीन जनाले प्यानल सहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट दुई समूह र शेखर कोइराला पक्षबाट एक गरी तीन समूहले प्यानलसहित उम्मेदवारी दर्ता गएका छन् । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेको भीम बडुवालले भने उपसभापतिमा उम्मेदवारी दिएका छन् । संस्थापन पक्षबाट निवर्तमान कार्यवहाक सभापति प्रकाश बम, नारायणदत्त भट्टले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । कोइराला पक्षबाट रामबहादुर कलले टीमसहित उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
संस्थापन पक्षबाटै सभापतिमा दाबी गर्दै आएका भीम बडुवालले नारायण भट्टको प्यानलबाट उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । सोही समूहबाट उपसभापतिमा रामप्रसाद चौधरी, सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस कैलालीको नेतृत्वका लागि सभापतिमा प्रकाश बम र नारायणदत्त भट्टबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै उम्मेदवारले आफूलाई ‘बुढानीलकण्ठको आशिर्वाद’ रहेको दाबी गर्दै आएका छन् ।
नारायणदत्त भट्टलाई कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड, सुशीला मिश्र भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, केन्द्रीय सदस्य जीवन राना, ईश्वरी न्यौपाने, प्रदेशसभा सदस्य रणबहादुर रावलको साथ छ।
यसैगरी अर्का सभापतिका आकांक्षी प्रकाश बमलाई निवर्तमान सभापति नरनारायण शाह मनुले साथ दिएका छन् । बमले पनि देउवाको आश्वासनकै कारण उम्मेदवारी दिएको बताएका छन् । उनको प्यालनबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार, सहसचिवमा राजेन्द्र खड्का र कृष्ण पाण्डेयले उम्मेदवारी दिएका छन् ।
कांग्रेस कैलालीको नेतृत्वका लागि शेखर कोइराला समूहले पनि टिमसहित मनोनयन गरेको छ । सो प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला, लोकराज पाण्डेय (आगो), सचिवमा देवानन्द जैसी (सुवेदी), नवराज जोशी, सहसचिवमा रवीन्द्र प्रताप सिंह, तीर्थराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
कोइराला पक्ष पहिलो चरणमा चुनाव लड्ने र पहिलो चरणमा कसैको जीत नभए दोस्रो चरणमा अर्को समूहलाई समर्थन गर्ने रणनीतिमा देखिन्छ । दोस्रो चरणमा निर्वाचन हुने देखिएमा प्रकाश बमलाई समर्थन गर्ने नीति लगेको छ । तर, अहिलेसम्म खुलेर प्रकाश बमलाई समर्थन गर्ने जनाएको छैन ।
‘हाम्रा मागलाई सम्बोधन गर्दै हातेमालो गर्ने प्रस्ताव आएको खण्डमा हामी राम्रो र पार्टीलाई बुझको प्यानलसँग सहकार्य गर्न तयार छौं,’ कोइराला समूहका प्रचार–प्रसार संयोजक गणेश भण्डारीले भने, ‘त्यस विषयमा छलफल भइरहेको छ ।’ तर, पहिलो चरणमा आफ्नो प्यानलको बढी मत आएको खण्डमा भने चुनाव नै लड्नुपर्ने भन्दै उनले सो अवस्थामा अरूलाई सहयोगका लागि सहकार्य गरिने बताए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend