Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अहिले हामी रक्तपातहीन युद्धमा छौं: प्रचण्ड (भिडियो)


    शनिबार, फाल्गुन १४ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले रक्तपातविहीन युद्धमा रहेको बताएका छन्।

    शनिबार बिहान काठमाडौँमा ‘जनयुद्ध’का प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिसभामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। 

    ‘अहिले हामी रक्तपातहीन युद्धमा छौं। हिंसामा छैनौं, बन्दुक लिएर हिँडेका छैनौं तर युद्ध जारी छ,’ अध्यक्ष प्रचण्डले भने, ‘युद्ध रोकिएको छैन’।  

    यस्तै, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धन जोगाउन आफूहरुले अन्तिम कसरत गरिरहेको बताए। एमसीसीको समस्या समाधान होस् र गठबन्धन पनि नटुटोस् भनेर आफूहरु लागिरहेको प्रचण्डको भनाइ छ ।

    हेर्नुहोस् भिडियो:

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार