Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा. केसीले युक्रेनमाथि रुसी आक्रमणको गरे विरोध, भने– पुटिन २१औं शताब्दिको हिटलर


    शुक्रबार, फाल्गुन १३ २०७८
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई २१औं शताब्दिको हिटलरको संज्ञा दिएका छन् । 

    पुटिनको निर्देशनमा रुसले बिहीबारबाट युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

    ‘एकाइसौं सताब्दीको हिटलर पुटिन । हिटलर भन्दा पनि क्रुर । संसारभरीका सबैले यसको घोर विरोध, भत्र्सना र रोक्ने प्रयास गर्नु पर्छ,’ डा.केसीले भनेका छन् । 

    आफू प्युठान जानेक्रममा गुल्मीरहेको जनाउँदै उनले आक्रमणको समाचारले आहात भएको बताएका छन् । 

    ‘रुसले यूक्रेनमाथि गरेको युद्ध अपराधको पराकाष्ठा हिजो राती वीवीसी लगायत विभिन्न  समाचार माध्यमवाट अवगत भयो । एकाइसौं सताब्दीमा यस्तो हुनसक्छ भनेर कल्पना पनि गर्न सकिदैन,’ उनले भनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार