काठमाडौं। जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल)को अध्यक्ष उपेन्द्र यादवले पार्टी भित्र ‘एकलौटी गरेको’ भन्दै संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई समुहले देशैभरी हस्ताक्षर संकलन गरेको छ ।
पार्टी भित्र ‘सामुहिक तथा समावेशी नेतृत्व’ को आफनो मागलाई अध्यक्ष यादवले सम्वोधन गर्न आनाकानी गरे पछि भट्टराई पक्षधरले देशैभरी हस्ताक्षर संकलन गरेको हो ।
आज देखी काठमाडौंमा सुरु हुने केन्द्रिय कार्यकारिणी समितिको बैठकमा ‘सामुहिक तथा समावेशी नेतृत्व’ को मागलाई छलफलमा लैजाने तर सो मागलाई सम्वोधन गर्न अध्यक्ष यादवले आनाकानी गरेर बिद्यानतः २५ प्रतिशत भन्दा बढीको हस्ताक्षर बुझाएर केन्द्रिय समितिको बैठक बोलाउने योजना अनुसार सो हस्ताक्षर संकलन गरिएको हो ।
‘जसपा नेपालका मुख्यतः तीनवटा ठुला खस आर्य, आदिवासी÷जनजाति र मधेसी ‘क्लस्टर’हरुको प्रतिनिधित्व गर्ने पार्टी हो, यसको एकता र एकीकरण पनि सोही अनुसार भएको हो भन्ने भुल्नु हुदैन,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘बदलिदो देशको परिस्थीति र पार्टी एकताको पृष्ठभुमीलाई हेर्दै अब एकल नेतृत्वमा होइन, समावेशी र सामुहिक नेतृत्व पार्टी भित्र हुनुपर्छ भन्ने अजेन्डा राख्दै आएका छौं, त्यसमा सम्बोधन गर्ने काम भईरहेको छैन ।’ उनका अनुसार देशैभरीका नेता तथा कार्यकर्ताले सो माग गर्दा पनि सो बिषयमा छलफल चलाउन नेतृत्वले आनाकानी गरिरहेको छ ।
सो बिषयमा केन्द्रीय अध्यक्ष यादव, संघीय परिषद अध्यक्ष भट्टराई, अशोक राई, महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठका बिचमा लाजिम्पाट देखी बालकुमारीसम्म पटक पटक छलफल भए पनि अध्यक्ष यादवले आनाकानी गरे पछि सो बिषय जसपामा पेचिलो बन्दै गएको छ ।
‘पटक पटक समावेशी र सामुहिक नेतृत्वका बारेमा नेतृत्वलाई ध्यानाकषर्ण गराउँदा पनि सम्वोधन नभए पछि हामीले मुलुकका ७ वटै प्रदेशवाट हस्ताक्षर संकलन सुरु गरेका हौं,’ सिंहले भने, ‘७ वटै प्रदेशका केन्द्रिय सदस्यहरुको हस्ताक्षर संकलन गरेर केन्द्रिय समिति बैठक बोलाउन माग गर्ने हाम्रो उदेश्य हो, हस्ताक्षर संकलन उत्साहजनक रुपमा भईरहेको छ ।’ उनका अनुसार सो हस्ताक्षर संकलन बुझाएर केन्द्रिय समिति बैठक बोलाउन बाध्य बनाउने बाहेक अर्को उदेश्य राखिएको छैन् ।
‘हस्ताक्षर संकलनलाई पार्टी बिभाजनको रुपमा ब्याख्या गर्ने काम भएको छ, यो हुदैँ होइन, नेतृत्वलाई जवाफदेही बनाउन र पार्टीलाई पार्टी जस्तो बनाउन यो हस्ताक्षर संकलन गरिएको हो,’ सिंहले भने । तत्कालिन भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुदैँ जसपामा एकीकरण भएका सिंहका अनुसार कार्यकारिणी समिति बैठकवाट ‘समावेशी र सामुहिक नेतृत्व’का बारे निर्णय हुन नसकेमा केन्द्रिय समितिको बैठकवाट आवाश्यक निर्णय लिइनेछ । तर, कति संख्यामा हस्ताक्षर संकलन भयो ? त्यो भने खुलाउन चाहेनन ।
‘हामी शिर्ष ५ नेतृत्वमा, केन्द्रिय कार्यकारिणी समितिमा, केन्द्रिय समिति देखी संसदमा पनि बहुमतमा छौ,’ एक असन्तुष्ट नेताले भने, ‘उपेन्द्रजीको अहिलेको स्थीति सबैतिर अल्पमतमा हुनुहुन्छ, अल्पमतमा भएर पनि बहुमतको माग सम्वोधन गर्न आनाकानी गरिरहनु भएको छ, यो अब धेरै दिन चल्दैन ।’ उनका अनुसार केन्द्रिय कार्यकारिणी समितिको बैठकले धेरै बिषय टुंगो लगाउने छ ।
आज देखी काठमाडौंमा सुरु हुने कार्यकारिणी समितिको बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), स्थानिय निर्वाचन, समसमायिक राजनीतिक बिषयसहित पार्टीको बिद्यान अधिवेसनसम्म अजेन्डा तय गरिएको भए पनि समावेशी र सामुहिक नेतृत्वको बिषयलाई छलफलको अजेन्डामा अध्यक्ष यादवले राखेका छैनन । जसमा यादवसँग असन्तुष्ट भट्टराई समुहले भने आपत्ति जनाउँदै आएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend