काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारको प्रतिनिधिसभा बैठकमा कार्यसूची रहेको अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग नलिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आज बस्ने प्रतिनिधिसभा बैठकको संसदीय प्रक्रियामा भाग नलिने बताएका हुन् ।
‘हामी आज पनि संसद बैठकमा जान्छौं, तर संसदीय प्रक्रियामा सहभागी हुँदैनौं,’ भट्टराईले भने । संसदमा आफूहरुको माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग नलिने उनको भनाइ छ ।
आफूले कारबाही गरेका १४ जना सांसद संसद बैठकमा उपस्थित भएको भन्दै एमालेले लामो समयदेखि बैठक अवरोध गर्दै आएको छ । आज पनि यसैलाई निरन्तरता दिने प्रमुख सचेतक भट्टराईले बताए ।
आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । गत आइतबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको हो ।
एमाले एमसीसीको वबषयमा मौन भए पनि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्ला केही दिनयता भेटघाट बाक्लिएको छ । भेटवार्तामा भएका छलफलहरू सार्वजनिक गरिएका छैनन् । देउवा र ओलीबीच एमसीसी अनुमोदन गर्ने सहमति भएको हुन सक्ने अनुमान पनि गरिएको छ ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले एमालेको समर्थनमा संसदबाट एमसीसी अनुमोदन गर्ने र त्यसपछि प्रधानमन्त्रीले एमालेको माग सम्बोधन गर्न सक्ने बताए । ‘एमसीसी पारित गर्न सत्ता साझेदार दलहरूले सहयोग गरेनन् भने एमालेको समर्थनमा भए पनि पारित हुन्छ । एमसीसी पारित भएपछि प्रधानमन्त्री देउवाले एमालेको माग सम्वोधन गर्नुहुनेछ,’ नेता विश्वकर्माले न्युज कारखानासँग भने ।
एमालेले भने संसदीय प्रक्रियामा सहभागी नहुने रणनीति पहिले नै तय गरिसकेकाले आज संसद बैठक बस्नुअघि पार्टीमा कुनै पनि छलफल नभएको प्रमुख सचेतक भट्टराईले बताए ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend