Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागूऔषधसहित दुई जना पक्राउ


    बुधबार, फाल्गुन ११ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राजबिराज । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-१३ लक्ष्मीपुर बस्ने २६ वर्षीय सुमित चौधरी र चौदण्डी नगरपालिका वडा नम्बर बस्ने  ३४ वर्षीय विधानन्द चौधरी रहेका छन् ।

    फतेपुरतर्फ जाँदै गरेको प्रदेश १-०५-००१ प ४५९३ नम्बरको मोटरसाइकलमा लुकाएर लागूऔषध ब्राउन जस्तो देखिने खैरो पदार्थसहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रवक्ता माधवप्रसाद काफ्ले जानकारी दिएका छन् ।

    उनीहरूलाई सप्तरी सप्तकोसी नगरपालिका वडा नम्बर २ सखुवनीस्थित कञ्चनपुर फतेपुर आवतजावत गर्ने सडक खण्डमा फत्तेपुर प्रहरी चौकीबाट खटिएको प्रहरी गस्ती टोलिले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ ।  सुधा देव, न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार